×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकद्वारा साधारणसभाको मिति तय, पुस १६ बुक क्लोज हुँदै !

PRIME CA

एनएमबि बैंकद्वारा साधारणसभाको मिति तय, पुस १६ बुक क्लोज हुँदै !

८ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनएमबि बैंकले पनि वार्षिक साधारणसभा पुस २९ गते बोलाएको छ । बैंकले लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते वार्षिक साधारणसभा बोलाएको हो । बैंकले सभामा गत आर्थिक वर्षको नाफाबाट १३% बोनस सेयर र कर प्रयोजनसमेत गरी ३.२०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्दैछ । 
बैंकले सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गरी पारित गर्ने प्रस्ताव पेस गर्दैछ । साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ ।  सभा कृष्ण टावर नयाँ वानेश्वरमा हुने बैंकले जनाएको छ । सभाका लागि पुस १६ बुक क्लोज हुने भएकाले पुस १५ गतेसम्म कायम रहने सेयरधनी मात्र सो लाभांश पाउनेछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: