
नुवाकोट । त्रिशूली अस्पताल नुवाकोटमा ‘स्वास्थ्य बीमा कार्यक्रम’ शुरु भएको छ । बीमा कार्यक्रम कार्यान्वयनका लागि स्वास्थ्य बीमा बोर्ड र अस्पतालबीच एक महिनाअघि भएको सम्झौताअनुसार आइतबारदेखि बीमा कार्यक्रम शुरु भएको हो । अस्पतालबाट प्रवाह हुने सबै सेवामा बीमा कार्यक्रममा समावेश गरिएकाले बिरामीलाई स्वास्थ्य जाँचदेखि विशेषज्ञ सेवा एवं शल्यक्रियालगायतमा सेवाको लाभ लिन अस्पताल विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले आग्रह गर्नुभयो । उहाँका अनुसार बीमा बोर्डका कार्यकारी निर्देशक डा राधिका थपलिया र अस्पतालका तर्फबाट प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा सुनिता केसीले बोर्डको ‘सेवा सम्झौतापत्र’मा हस्ताक्षर गर्दै मङ्सिर १ गतेदेखि बीमा कार्यक्रम लागू गर्न लागिए पनि आइतबारदेखि सेवा सञ्चालनमा आएको हो । दुई पक्षबीच भएको सम्झौता पाँच वर्ष कायम हुनेछ ।
‘स्वास्थ्य बीमा कार्यक्रम’ का लागि न्यूनतम पाँच जनाको परिवार भएमा एक वर्षको तीन हजार ५०० शुल्क निर्धारण गरिएको छ । एक परिवारमा पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति ७०० थप गरेर बीमा कार्यक्रममा समावेश हुन सक्ने व्यवस्था मिलाइएको त्रिशूली अस्पतालले जनाएको छ । ज्येष्ठ नागरिकका लागि भने बीमाबापत कुनै शुल्क नलाग्ने अस्पतालका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । बीमा दायरामा समावेश सदस्यले एक वर्षसम्म त्रिशूली अस्पतालबाट प्रवाह हुने आधारभूतदेखि विशेषज्ञसम्मको सुविधा प्राप्त गर्न सक्नेछन् । अस्पतालबाट हाल विशेषज्ञ सेवा प्रवाहसमेत बीमा कार्यक्रममा समावेश भएकाले विपन्न एवं ग्रामीण क्षेत्रका बिरामीलाई जिल्ला बाहिर गएर उपचार सेवा लिँदा हुने आर्थिक भार घटाउन बीमा कार्यक्रम सहयोगी हुने अस्पतालका प्रमुख डा दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्