×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको अधिकार ओली समुहद्वारा खारेज (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको अधिकार ओली समुहद्वारा खारेज (भिडियो रिपोर्ट)

Artha Sarokar

१० पुष २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समुहको केन्द्रीय कमिटी बैठकले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको अधिकार खारेज गरेको छ । नेकपा ओली पक्षको बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको कार्यकारी अधिकार खारेज गरेको हो । पार्टी महासचिव विष्णुप्रसाद पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको अधिकार खारेज गरिएको बताउनुभयो ।
बैठकले सातै प्रदेशमा पार्टी कामको संयोजन गर्न नेताहरुलाई जिम्मेवारी तोकेको छ । प्रदेश नम्बर १ मा सुभाषचन्द्र नेम्वाङ, प्रदेश नम्बर २ मा सत्यनारायण मण्डल, बागमती प्रदेशमा ईश्वर पोखरेल, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शंकर पोखरेल, कर्णाली प्रदेशमा मणि थापा र सुदुरपश्चिम प्रदेशमा लेखराज भट्टलाई पार्टी संयोजनको जिम्मा दिने निर्णय बैठकले गरेको हो । 
त्यसैगरी जनसंगठनको संयोजन गर्ने जिम्मा टोपबहादुर रायमाझी र उपत्यकाको जिम्मा कृष्णगोपाल श्रेष्ठलाई दिएको महासचिव पौडेलले बताउनुभयो । बैठकले आगामी दिनमा पार्टीको बैठक राखि आवश्यक निर्णय गर्न सक्ने अधिकार स्थायी कमिटीलाई दिने निर्णय पनि गरेको छ । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी