×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘विजनेस गर्न नसक्ने र संस्थागत सुधार पनि गर्न नसक्ने संस्थालाई सरकारले पालन सक्दैन’ : भूमिमन्त्री अर्याल (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार

PRIME CA
laxmi sunrise bank

‘विजनेस गर्न नसक्ने र संस्थागत सुधार पनि गर्न नसक्ने संस्थालाई सरकारले पालन सक्दैन’ : भूमिमन्त्री अर्याल (भिडियो)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले प्रगति गर्न नसक्ने साझा प्रकाशनलाई थप आर्थिक सहयोग गर्न नसक्ने बताउनुभएको छ । साझा प्रकाशनको ५७औं स्थापना दिवसको अवसरमा बुधबार आयोजित विचार गोष्ठीमा बोल्दै मन्त्री अर्यालले बिजनेस गर्न नसक्ने र संस्थागत सुधार पनि गर्न नसक्ने संस्थालाई पाल्न सरकारले सधै पैसा दिन नसक्ने बताउनुभएको हो । 
आफू मन्त्री भएदेखि नै १५/१६ करोड रुपैयाँ निकाशा दिएको संस्थाले अझै सुधार गर्न नसक्ने हो भने सरकारले अव थप पैसा दिन नसक्ने स्पष्ट पार्नुभएको हो । उहाँले आर्थिक अवस्थालाई सुदृढ बनाउन बिजेनस खोज्न समेत आग्रह गर्नुभयो । त्यसभन्दा अगाडि साधारणसभा गरेर संस्थाका सञ्चालक परिवर्तन गरी संस्थालाई जीवन्त बनाउन समेत निर्देशन दिनुभयो । भर्चुअल माध्यमबाट भएपनि साधारण सभा गरेर काम गर्ने मान्छे सञ्चालक समितिमा ल्याउन उहाँले निर्देशन दिनुभयो ।
पुरानो विनियमलाई समातेर आधुनिक समयमा काम गर्न दिएन भन्दै बस्नु सबैभन्दा कमजोर पाटो रहेको पनि मन्त्री अर्यालले बताउनुभयो । उहाँले विनियमलाई समय अनुसार परिवर्तन गरेर काम गर्न निर्देशन दिनुभयो । साझा प्रकाशनलाई जहिले पनि कर्मचारी भिड्ने थलो बनाइएको भन्दै काम नगर्ने कर्मचारीलाई निकाल्नुपर्ने समेत बताउनुभयो । कर्मचारीबीच भिडन्त हुने अवस्थालाई अन्त्य नगर्दा सम्म संस्थालाई अगाडि बढाउन नसकिने पनि मन्त्री अर्यालले बताउनुभयो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: