Skip to content
LAXMI SUNRISE BANK

‘मुलुकलाई समृद्धितर्फ लैजाने वातावरण बन्न नसक्दा उद्योग व्यवसाय प्रभावित भए’ : सञ्चारमन्त्री गुरुङ (भिडियो रिपोर्ट)

अर्थ सरोकार

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पावर्त गुरुङले सरकारलाई असफल बनाउने प्रयास भइरहेकाले देशमा आर्थिक क्रान्ति शुरु हुन नसकेको दावी गर्नुभएको छ । नेपाल हस्तकला महासंघको ४८औं वार्षिकोत्सव एवं नवौं हस्तकला दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले राजनीतिक स्थिरता कायम भएपछिको सरकारलाई पनि असफल बनाउने प्रयास हुँदा देशमा आर्थिक क्रान्तिको शुरुवात हुन नसकेको बताउनुभयो । सरकारलाई असफल बनाएर नेपालमा बहुमतको सरकार टिक्न सक्दैन भन्ने म्यासेज दिन खोजिएको पनि मन्त्री गुरुङले बताउनुभयो । 
नेपाललाई छिमेकी मुलुहरुले गरिखाएको देख्न नचाहने परिस्थितिले पनि राजनीतिक स्थिरता कायम हुन नसकेको टिप्पणी मन्त्री गुरुङले गर्नुभयो । राजनीतिक पार्टीहरु र नेताहरुको बिचमा देखिएको असन्तुष्टिले फेरी पनि देशलाई असफल बनाउने दिशातर्फ धकेल्ने बताउनभयो । देशमा कुनै एक पार्टीको सरकार टिकाउने वा नटिकाउने भन्दा पनि मुलुकलाई स्थिरता तर्फ लैजाने समृद्धि तर्फ लैजानको निम्ति वातावरण बन्नुपर्ने बताउनुभयो । तर त्यस्तो वातावरण बन्न नसक्दा उद्योग व्यवसाय प्रभावित भएको मन्त्री गुरुङले बताउनुभयो ।
हस्तकला उद्योगका समस्या समाधान गर्न कस्तो कानून आवश्यक पर्छ सम्बन्धित मन्त्रालय मार्फत सुझाव दिन पनि मन्त्री गुरुङले आग्रह गर्नुभयो । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतीलाल दुगडले हस्तकला उद्यमीहरुका समस्या समाधान गर्न मन्त्रालय तत्पर रहेको बताउनुभयो । महासंघले मंसिर २९ र २० गते पनि कला प्रदर्शनी तथा अन्य विभिन्न कार्यक्रम गरी भव्य खुशीयाली तथा हर्षोल्लाषका साथ वार्षिकोत्सव तथा हस्तकला दिवस मनाउने बताएको छ । हेर्नुहोस् भिडियो :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK