×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अख्तियारद्वारा नुवाकोटको बेलकोटगढी नगरपालिकाका इन्जिनियर पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा

PRIME CA
GLOBAL IME BANK

अख्तियारद्वारा नुवाकोटको बेलकोटगढी नगरपालिकाका इन्जिनियर पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा

१७ मंसिर २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
नुवाकोट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत करार तर्फका इन्जिनियर पर्वत पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने प्रयोजनको लागी पौडेलले घुस लिएर थिए । सेवाग्राहीसँग मागेको ७५ हजार रकम होटल व्यवसायी नारायणप्रसाद भट्टलाई बुझ्न लगाएर उनीमार्फत आफुले लिएको अवस्थामा अख्तियारले उनलाई नियन्त्रणमा लिएको हो । आयोगले पौडेलको मुद्दामा ७५ हजार बिगो मागदावी लिएको छ । 
ईन्जिनियर पौडेलले अदुवाबारी खानेपानी आयोजनको अन्तिम बजेट निकाशा गरिदिएबापत र निर्माण सम्पन्न भएको घरको स्थायी ईजाजत दिएबापत घुस लिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: