×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पशुपतिनाथ मन्दिरमा राष्ट्रपति भण्डारीद्वारा क्षमा पूजा, बुधबारदेखि सर्वसाधारणका लागि खुल्ला गरिने ! (भिडियो)

PRIME CA
GLOBAL IME BANK

पशुपतिनाथ मन्दिरमा राष्ट्रपति भण्डारीद्वारा क्षमा पूजा, बुधबारदेखि सर्वसाधारणका लागि खुल्ला गरिने ! (भिडियो)

३० मंसिर २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । हिन्दु धर्मावलम्बिहरुको आवस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा आज (मंगलबार) क्षमा पूजा गरिएको छ । कोरोना संक्रमणको जोखिमका कारण नौ महिना देखि बन्द गर्नुपर्दा क्षमा पूजा गरिएको पशुपति क्षेत्र विकास कोषले बताएको छ । क्षमा पूजाका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान पशुपतिनाथ पुग्नु भयो । प्राचीनकालदेखि नियमित रुपमा पूजा हुँदै आएकोमा कोरोनाका कारण बन्द गर्न बाध्य भएपछि क्षमा पूजा गरिएको हो ।
आज क्षमा पूजा गरिएपछि भोली (पुष १ गते) देखि सर्वसाधारणका लागि खोल्न लागिएको पनि पशुपति क्षेत्र विकास कोषले बताएको छ । पहिलो चरणमा मन्दिरको पश्चिम ढकोबाट भक्तजनहरुलाई प्रवेश गर्न दिइने छ भने सोही ढोकाबाट नै बाहिर निस्कने व्यवस्था मिलाइएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य मास्क लगाउनु पर्नेछ । मन्दिरभित्र हुने विषेश पूजा, भजनकिर्तन लगायतका क्रियाकलाप भने अहिले शुरु नहुने भएको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: