
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज सोमबार पठाओको कार्यालयमा तोडफोड भएको छ । केही समययता कम्पनीविरुद्ध आन्दोलित हुँदै आएका राइडरहरुको एक समूहले बानेश्वरस्थित पठाओको कार्यालयमा तोडफोड गरेको प्रहरीले बताएको छ ।
कम्पनी र आन्दोलनरत पक्षबीच वार्ता भएर सहमति जुटेको भन्दै निर्णय सुनाइँदै गर्दा सोमबार एक समूहले तोडफोड गरेको हो । कम्पनीले कुनै सेवा सुविधा नदिएको, राइडरको कमिसनमा ठगी गरेको साथै आफूखुसी निर्णयहरु गर्ने गरेको लगायतका आरोप राइडरहरुले लगाउँदै आएका छन् ।
यस्तै आजै उनीहरुले कार्यालयमा पुगी ११ बुँदे मागपत्रसमेत पेश गरेका छन् । तोडफोडमा संलग्न केही युवालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरका डीएसपी दक्ष बस्नेतले बताए । यता मागपत्रमा राइडर र यात्रुको अनिवार्य बीमा हुनुपर्ने, राइड शेयरिङ्ग बापत कमाइको कमिसन अधिकतम ८ प्रतिशतमा झार्नुपर्ने, कम्पनीमा आवद्ध राइडरलाई निलम्बन गर्नुपूर्व कम्पनीबाट जानकारी दिनुपर्नेलगायतका मागहरु राखेको बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्