×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओलीको कदमविरुद्ध नेपाल पत्रकार महासंघको विज्ञप्ति निस्कियो, ओलीको गुणगानमात्र गाउने पत्रकारहरु ट्वाँ !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ओलीको कदमविरुद्ध नेपाल पत्रकार महासंघको विज्ञप्ति निस्कियो, ओलीको गुणगानमात्र गाउने पत्रकारहरु ट्वाँ !

५ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रधानमन्त्री एक विज्ञप्ति जारी गर्दै केपी शर्मा ओलीले संसद् विघटन गर्ने सिफारिस गर्नुले नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतान्त्रमाथि गम्भीर बज्रपात भएको बताएको छ ।
आइतबार महांसघले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको यो कदम २०६२/०६३ को जनआन्दोलनको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था र संवैधानिक व्यवस्थाविरुद्ध भएको ठहर गरेको छ ।

महासचिव रमेश विष्टले विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको संसद विघटनको सिफारिस कार्यान्वयन नगर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् ।

यता महासंघले यस्तो विज्ञप्ति निकालेपछि ओलीको गुणगानमात्र गाउने पत्रकारहरु ट्वाँ परेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: