- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रभु इन्स्योरेन्सले ७ लाख ३५ हजार कित्ता सेयर लिलामीमा ल्याउने भएको छ । संस्थाले मंसिर २१ गतेदेखि संंस्थापक समूहको ७ लाख ३ ५ हजार कित्ता सेयर लिलामीमा ल्याउन लागेको हो । उक्त सेयरमा मुक्तिनाथ क्यापिटल हात्तिसार काठमाडौंबाट आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले न्यूनतम ३५० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । बोलपत्रमा विद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले मंसिर २८ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् ।