×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभा निर्वाचन गर्नु हो’ : नवनियुक्त शहरी मन्त्री साह (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

‘सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभा निर्वाचन गर्नु हो’ : नवनियुक्त शहरी मन्त्री साह (भिडियो रिपोर्ट)

१२ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । नवनियुक्त शहरी विकास मन्त्री प्रभु साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभा निर्वाचन गर्नु रहेको बताउनुभएको छ । आइतबार शहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्दै नवनियुक्त मन्त्री साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभाको निर्वाचन गर्नु रहेको बताउनुभएको हो । शहरी विकास मन्त्रालयले पनि निर्वाचन केन्द्रीत काम गर्ने बताउनुभयो । यस आर्थिक वर्षको बजेट आइसकेको र मन्त्रालयले पनि कार्यक्रम निर्धारण गरिसकेको अवस्थामा मन्त्रालयले त्यसैलाई प्रभावकारी रुपमा अगाडी बढाउने बताउनुभयो । 
सरकारको मुख्य कार्यभार निर्वाचन प्रभावकारी बनाउनु भएकोले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचनमा केन्द्रीत हुने मन्त्री साहको भनाई छ । उहाँले भन्नुभयो ‘यो सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभाको निर्वाचन गर्नु हो । मन्त्रालयको काम पनि निर्वाचन केन्द्रीत गरेर गर्छौ । यो वर्षको बजेट आइसकेको छ । निर्धारित कार्यक्रम पनि बनिसकेको छ । त्यसैलाई प्रभावकारी ढंगले अगाडी बढाउने । भइरहेको कामलाई प्रभावकारी रुपमा अगाडी बढाउने । राष्ट्रको अगाडी मुख्य कार्यभार भनेको निर्वाचन प्रभावकारी गर्ने र तोकेकै समयमा निष्पक्ष ढंगले निर्वाचनमा केन्द्रीत हुन्छौ ।’ मन्त्री साहले मन्त्रालयले विकासको कामलाई प्रभावकारी बनाउने बताउनुभयो । 
कोरोना महामारी फैलिइरहेको अवस्थामा कोरोना महामारीबाट नेपाललाई अझै सुरक्षित गर्न थप सजगता अपनाउने उहाँको भनाई छ । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: