- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से बढेको छ । सेयर बजार परिसूचक मापक नेप्से ८.९४ बढेर २ हजार १६ दशमलव २७ बिन्दुमा पुगेको हो ।
आज नेप्सेको प्रि ओपनिङ्ग सेसनमा १२ कम्पनीको २ हजार ३५१ कित्ता सेयर २४ लाख २० हजार ५१२ रुपैयाँमा खरीद बिक्री भएको छ । जसमध्ये १० कम्पनीको सेयर मूल्य बढेको छ भने १ कम्पनीको मात्र सेयर मूल्य घटेको छ । १ कम्पनीको मूल्य स्थिर हेको छ ।