- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार प्रि ओपनिङ्ग सेसनमा पनि सेयर बजार बढेको छ । सेयर बजार परिसूचक मापक नेप्से २३.१४ अंकले बढेर २ हजार ९१.६० बिन्दुमा पुगेको हो ।
आज सो सेसनमा २६ कम्पनीको ११ हजार ४६९ कित्ता सेयर १ करोड ४३ लाख १३ हजार २५० रुपैयाँमा खरीदबिक्री भएको छ । कुल २६ कम्पनीमध्ये २० कम्पनीको सेयर मूल्य बढेको छ भने ४ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै २ कम्पनीको मूल्य स्थिर रहेको छ ।