×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम कमर्सियल बैंकले पनि पुस २९ मै डाक्यो १३औं वार्षिक साधारणसभा, कहिलेसम्म कायम सेयरधनीले लाभांश पाउँछन् ?

PRIME CA

प्राइम कमर्सियल बैंकले पनि पुस २९ मै डाक्यो १३औं वार्षिक साधारणसभा, कहिलेसम्म कायम सेयरधनीले लाभांश पाउँछन् ?

८ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्राइम कमर्सियल बैंकको १३औं वार्षिक साधारणसभा पनि पुस २९ गते हुने भएको छ । सभा बैंकको प्रधान कार्यालय कमलपोखरी बिहान १० बजेदेखि हुने भएको छ । बैंकले सभामा गत आर्थिक वर्षको नाफाबाट १५% बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।
यस्तै अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । आर्थिक वर्ष २०७६–७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । बैंकले सभाका लागि पुस २० गते बुक क्लोज गर्दैछ । पुस १९ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: