
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल पूँजीबजार लगानीकर्ता संघकि अध्यक्ष राधा पोखरेलले अहिलेको सेयर बजार बलियो हुनुमा पूर्वअर्थमन्त्री युवराज खतिवडाको ठुलो भूमिका रहेको बताएकी छिन् । सेयर बजार सम्बन्धि अर्थ सरोकार डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘मार्केट टक’ मा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले अहिलेको अर्थमन्त्रीले बजार बढेको जसमात्र लिएको र बजार बलियो बनाउन महत्वपूर्ण भूमिका भने खतिवडाकै रहेकोले उनलाई सलाम गर्नुपर्ने बताएकी छिन् ।
साथै उनले घटेको बजारमा खासै रिस्क नहुने तर बढेको बजारमा रिस्क हुने भएकाले राम्रा कम्पनी छानेर मात्र सेयर बजारमा लगानी गर्नसमेत लगानीकर्ताहरुलाई आग्रह गरेकी छिन् । उनीसँग हामीले सेयर बजारका सम्बन्धमा समसामयिक विषयमा कुराकानी गरेका छौं । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्