×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राज्यमन्त्री मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गर्ने, आयो वर्ल्ड बुक अफ रेकर्ड युकेको टोली नेपाल (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

राज्यमन्त्री मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गर्ने, आयो वर्ल्ड बुक अफ रेकर्ड युकेको टोली नेपाल (भिडियो रिपोर्ट)

९ पुष २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गर्नुहुने भएको छ । शुक्रबार दिउँसो १ बजे बालाजुस्थित अष्टनारायण चलचित्रहलमा हुने विशेष कार्यक्रममा एकल गायन गरी राज्यमन्त्री मानन्धरले विश्व रेकर्ड कायम गर्न लाग्नु भएको हो । राज्यमन्त्री मानन्धरले वल्र्ड बुक अफ रेकर्ड युकेको बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गर्न लाग्नु भएको हो । 
दिउँसो एक बजेदेखि शुरु हुने कन्सर्ट नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने राज्यमन्त्री मानन्धरले बताउनुभएको छ । उहाँले यो विधामा विश्वमै पहिलोपटक गीत गाउन लाग्नुभएको हो । उहाँले करिब ४ घण्टासम्म गीत गाउनु हुनेछ ।
लाइभ कन्सर्टमा पुराना कलाकारहरुका नेवारी गीत गाउने राज्यमन्त्री मानन्धरले बताउनुभयो । विश्व रेकर्ड कायम गराउनका लागि वल्र्ड बुक अफ रेकर्ड युकेको टोली नेपाल आइसकेको छ । यो विधामा आयोजना गरिएको कार्यक्रम विश्वको पहलो भएकोले वल्र्ड बुक अफ रेकर्डमा पहिलोपटक राज्यमन्त्री मानन्धरको नाम लेखिनेछ । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: