
- अर्थ सरोकार सम्बाददाता
रसुवा । उत्तरी रसुवाको गत्लाङ्मा आज भएको आगलागीबाट दुई घर नष्ट भएका छन् । प्रहरी कार्यालय रसुवाका अनुसार आमाछोदिङ्मो गाउँपालिका–३ स्थित गत्लाङ गाउँका बमबहादुर तामाङ र चुङ्थुङ तामाङको घर आगलागी भएको हो । सो आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।
करीब ६०० घरधुरी रहेको गाउँ बीचमा रहेका ती दुई घर नष्ट भएको र अन्य घर जोगाउन स्थानीयवासीले आगो नियन्त्रण गरेका थिए । क्षतिको विवरण लिने काम भइरहेको र घटनास्थलमा नेपाल प्रहरी पुगिसकेको स्थानीयवासी पेम्बा तामाङले बताए । आगलागीको कारण भने अझै पत्ता लागेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्