- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले ८औँ वार्षिक साधारणसभा पुस २० गते बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाह छलफल गर्ने एजेन्डासहित सभा बोलाएको हो । कम्पनीले लाभांश वितरण एजेन्डा बिना सभा बोलाएको हो । त्यसकारण यसपटक पनि कम्पनीका लगानीकर्ताको हात रित्तै हुने भएको छ ।
यस्तै आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा संस्थाले सभामा लैजाँदै छ । सभा चिलिमे जलबिद्युत कम्पनीको सभाहल धुम्बाराही, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने भएको छ । सभाका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्नेछ ।