×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘देशलाई अराजकतातर्फ जान नदिन र राजनीतिक प्रणालीलाई बचाउन मन्त्री पद स्वीकार गरेको हुँ’ : मन्त्री रायमाझी (भिडियो)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ ।  ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले देशको राजनीतिक प्रणालीलाई बचाउन मन्त्री पद स्वीकार गरेको बताउनुभएको छ । आइतबार ऊर्जा, जलस्रोत तथाा सिंचाइ मन्त्रालयमा पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री रायमाझीले देशलाई अराजकतातर्फ जान नदिन र प्रणालीलाई बचाउन मन्त्री पद स्वीकार गरेको बताउनुभएको हो । मन्त्री रायमाझीले सरकारलाई बेवारिसे हुन नदिने र विकास निर्माण तथा समृद्धिका कामलाई गम्भिरतापूर्वक लिई जिम्मेवारी पुरा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘देश असाध्यै विषम परिस्थितिमा छ । 
यदि हामीले सिस्टमलाई बचाउनको निम्ति मेहनत गरेनौं भने यो सिस्टम नै कोल्याप्स भएर, धरासायी भएर, अराजकता फैलने दिशातर्फ अघि जाने सम्भावना भएको हुँदा एकातर्फ त्यो सिस्टमलाई बचाउन मध्यावधि चुनावमा जाँदैछौ । त्यो चुनाव सम्पन्न गर्नुछ । सरकारलाई सडकमा लगेर लावारिस गर्नुभएन । सरकारलाई सम्हाल्नुप¥यो । देशको विकास निर्माण, समृद्धिको काम, भइरहेका कामलाई निरन्तरता दिने र नयाँ कामलाई अगाडी बढाउने कामलाई हामिले गम्भीरतापूर्वक लिनुपर्छ । दुवै जिम्मेवारी सम्हाल्नुपर्छ ।’
मन्त्री रायमाझीले राजनीतिक प्रणालीलाई निरन्तरता दिन र देशमा स्थिरताका लागि मध्यावधि निर्वाचनमा जानुको विकल्प नरहेको पनि बताउनुभयो । देशको विकास र समृद्धिलाई अवरुद्ध हुन नदिने लक्ष्य सहित आफु सरकारमा उपस्थित भएको पनि मन्त्री रायमाझीले बताउनुभयो । उहाँले मन्त्रालयमा रहेर ऊर्जा क्षेत्रलाई क्रमश निर्यात हुने तर्फ अगाडी बढाउने बताउनुभयो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: