×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्रिय वाणिज्य बैंकका तत्कालिन शाखा प्रबन्धकसहित ८ जनाविरूद्ध मुद्धा दायर, कागज कीर्ते बनाई भ्रष्टाचार गरेको पुष्टी

  • अर्थ सरोकार सम्बाददाता 
नेपालगञ्ज । राष्ट्रिय वाणिज्य बैंकका नेपालगञ्ज शाखाका तत्कालिन शाखा प्रबन्धकसहित ८ जनाविरूद्ध मुद्धा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार काठमाडौंस्थित विशेष अदालतमा तत्कालिन प्रबन्धक ललितबहादुर शाहीसहित आठ जनाविरूद्ध भ्रष्टाचारको आरोपपत्र दायर गरेको हो । 
आयोगले प्रबन्धक शाही, सहायक कलबहादुर ओली क्षेत्री, तत्कालीन उपप्रमुख होताराम योगी, सहायक प्रिन्सी गुप्ता, रिजवान अहमद, फहमिदा बानो जसगढ र सूचिकृत धितो मूल्यांकनकर्ता कर्णबहादुर केसीसँग एक करोड २५ लाख बिगोसहित सजायको माग दाबी गरेको छ।  यस्तै सकिना जसगढसँग भने ७५ लाख बिगो माग गरिएको छ । 
कर्मचारी र धितो मूल्यांकनकर्ताको मिलेमतोमा सरकारी कागज कीर्ते बनाई ऋण प्रवाह गरेको भन्ने उजुरीको आधारमा अख्तियारले अनुसन्धान थालेको थियो । तत्कालीन प्रबन्धक शाहीसहितले कीर्ते कागजहरूको आधारमा कीर्ते धितो मूल्यांकन गरी बैंकमा पेस गरेका थिए । उनीहरुले सरकारी कागज कीर्ते गरेको, गलत लिखत र प्रतिवेदन तयार गरी सरकारी सम्पत्तिको नोक्सानी गरी भ्रष्टाचार गरेको पुष्टी भएको अख्तियारले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: