
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आफ्नै कार्यालय नारायणचौर नक्सालमा संस्थाको आइपिओ बाँडफाँट गरेको हो । संस्थाको आइपिओको प्रि– अलोटमेन्ट बिहीबार नै सम्पन्न भइसकेको थियो ।
यस संस्थाको आइपिओमा कुल २ अर्ब ९२ करोड ८७ लाख ४३ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो भने १० लाख ८२ हजार १४३ जनाले २ करोड ९२ लाख ८७ हजार ४३० कित्ताका लागि आवेदन दिएका थियो । संस्थाको आईपीओ ५ लाख ४० हजार जनाले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन् । अन्यको हात भने खालि भएको छ । कुल आवेदकको ४९.९० प्रतिशतलाई मात्रै संस्थाको आइपिओ परेको हो । ५ लाख ४२ हजार १४१ जना आवेदको हात खाली भएको छ।
प्रभुले मंसिर २९ गतेबाट पुस २ गतेसम्म ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । सो मध्ये सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई ३/३ लाख कित्ता छ्ट्टाएर ५४ लाख कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो । कम्पनीको आईपीओमा सर्वसाधारणबाट माग भएको तुलनामा ५.४२ गुणा बढी कित्ताको आवेदन परेको छ ।
आइपीओको नतिजा अर्थ सरोकार डटकममा हेर्न सकिन्छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्