×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सडक विभागले सडक मर्मत गर्न सरकारसँग माग्यो एक अर्ब ५० करोड रुपैयाँ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सडक विभागले सडक मर्मत गर्न सरकारसँग माग्यो एक अर्ब ५० करोड रुपैयाँ

Artha Sarokar

२५ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सडक विभागले वर्षाका कारण क्षतिग्रस्त भएका सडक मर्मतका लागि सरकारसँग रु एक अर्ब ५० करोड माग गरेको छ । वर्षाका कारण आएको बाढी र पहिरोले क्षतिग्रस्त भएका राष्ट्रिय राजमार्ग मर्मतका लागि सरकारसँग रु एक अर्ब ५० करोड माग गरिएको विभागले जनाएको छ । यो वर्ष गत वर्षभन्दा बढी वर्षा भएका कारण सडकमा बढी क्षति पुगेको विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार अरनिको राजमार्गका विभिन्न खण्ड, बेनी जोमसोम सडक र साँफेबगर मार्तडी सडकमा बढी क्षति पुगेको छ । यी सडक पूरै बिग्रिएकाले सामान्य मर्मतले नपुग्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सामान्य मर्मतले मात्रै नहुने हुँदा हामीले थप रकम माग गरिएको हो ।”
सडक र पुलनै बगाएको स्थानमा मर्मतले नहुने भएकाले त्यहाँ पुनर्निर्माण नै गर्नुपर्ने उपमहानिर्देशक अधिकारीको भनाइ छ । पुल बगाएका स्थानमा बेलिब्रिज राखेर आवतजावतलाई नियमित गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “साँफेबगर–मार्तडी सडकमा एउटा बेलिब्रिज राख्न लागिएको छ ।”
उत्तर दक्षिण करिडोरअन्तर्गत कालीगण्डकी करिडोर निर्माणाधीन सडक हो । निर्माणाधीन सडकमा कम क्षति भए चालु ठेक्काबाट काम गराउन सकिने भए पनि धेरै क्षति पुगेकाले थप रकम आवश्यक भएको उपमहानिर्देशक अधिकारीले बताउनुभयो । अरनिको राजमार्गको बाह्बिसेदेखि भन्सारसम्मको सडक पुनःस्थापना गर्नुपर्ने छ । 
सडक विभागले सडक बोर्ड नेपालले छुट्ट्याएको बजेटमार्फत वर्षेनी नियमित रुपमा सडकको मर्मत गर्दै आएको छ । धेरै राजमार्गमा यस वर्ष पनि मर्मतको योजना गरिएको विभागले जनाएको छ । कतिपय सडकमा यस वर्षदेखि विश्व बैंकको आर्थिक सहयोगमा समेतमर्मत हुँदैछ । -रासस
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी