
- अर्थ सरोकार सम्बाददाता
रुपन्देही । स्रोत नखुलेको २४ लाख नेपाली रुपैयाँसहित रुपन्देहीमा एक जना पक्राउ परेका छन् । प्रहरीले रुपन्दहीको सम्मरीमाई गाउँपालिका–६ बस्ने ३२ वर्षीय प्रमोद कुमार गुप्तालाई शुक्रबार स्रोत नखुलेको २४ लाख नेपाली रुपैयाँ र मोटरसाइकलसहित पक्राउ गरेको हो ।
सुनौलीबाट भैरहवातर्फ आउँदै गरेको लु. ४३ प. १२३१ नम्वरको मोटरसाइकलमा सवार गुप्तालाई रुपन्देही सिद्धार्थनगर नगरपालिका–३ भैरहवा बसपार्क नजिकै नियमित चेकजाँचको क्रममा प्रहरीले स्रोत नखुलेको २४ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले गुप्ताको साथबाट पाँच सयको २६०२ वटा (१३ लाख १ हजार ), हजारको १०९९ वटा (१० लाख ९९ हजार) बरामद भएको हो । मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि गुप्तालाई बुटवल आन्तरिक राजश्व कार्यालय रूपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्