×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सागमा देशलाई दोहोरो स्वर्ण पदक दिलाएका ३ खेलाडीसहित ७ खेलाडी सम्मानित, नगद ५० हजार रुपैयाँ दिइयो (भिडियो रिपोर्ट)

PRIME CA

सागमा देशलाई दोहोरो स्वर्ण पदक दिलाएका ३ खेलाडीसहित ७ खेलाडी सम्मानित, नगद ५० हजार रुपैयाँ दिइयो (भिडियो रिपोर्ट)

अर्थ सरोकार

८ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । गत वर्ष नेपालमा सम्पन्न भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा देशलाई दोहोरो स्वर्ण पदक दिलाएका तीन खेलाडी सहित ७ खेलाडीलाई मंगलाबार राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार आवेदन आएकामध्येबाट यो वर्ष ७ खेलाडीलाई जनही नगद ५० हजार रुपैयाँसहित सम्मानित गरेको हो । 
राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित हुनेमा तेक्वान्दोकी आयशा शाक्य, करातेका मण्डेकाजी श्रेष्ठ, भारोत्तोलनका विकास थापा, गल्फका सुवास तामाङसहित साइक्लिङकी लक्ष्मी मगर, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र शारीरिक सुगठनका समिर श्रेष्ठ रहेका छन् । लक्ष्मी, विकास र सन्तोषीले पनि १३औं सागमा स्वर्ण पदक जितेका थिए । त्यस्तै २ खेल प्रशिक्षक, २ खेल प्रायोजक तथा खेल संघ, निर्णायक र चिकित्सकबाट समान १ जनालाई पनि मन्त्रालयले सम्मानित गरेको छ । सम्मानित हुने प्रशिक्षकमा तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ र करातेका कुशल श्रेष्ठ परेका छन् । यस्तै जुडोका धर्मकुमार श्रेष्ठ पनि सम्मानको सूचीमा अटाएका छन् । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: