- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई २०% लाभांश वितरण गर्ने भएको छ । संस्थाको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट २०% लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीले पाउनेछन् । साधना लघुवित्तको हाल चुक्ता पुँजी २१ करोड ७७ लाख ८० हजार रुपैयाँ रहेको छ । बोनस सेयर वितरणपछि पुँजी २५ करोड ९१ लाख ५८ रुपैयाँ पुग्नेछ ।