×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकको निर्देशनपछी साधना लघुवित्तको लाभांश संशोधन, पुस २९ गते साधारणसभा हुने !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

राष्ट्र बैंकको निर्देशनपछी साधना लघुवित्तको लाभांश संशोधन, पुस २९ गते साधारणसभा हुने !

८ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको २०% लाभांश संशोधन भएको छ । संस्थाको २०% लाभांश संशोधन भएसंगै अब सेयरधनीले १८% बोनस सेयर र बोनसमा लग्ने कर तिर्न ०.९४७% नगद लाभांश पाउने भएका छन् । यस अघि कम्पनीले २०% लाभांश दिने घोषणा गरेको थियो । तर नियामक नेपाल राष्ट्र बैंकको निर्देशनपछि लाभांशमा संशोधन भएको हो । 
कम्पनीले लाभांश पारित गर्न पुस २९ गते वार्षिक साधारणसभा पनि बोलाएको छ । सभा होटल गोरखा बिसौनी, गोरखामा बिहान ११ः४५ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि साधनाले पुस १६ देखि २९ गतेसम्म बुक क्लोज गर्नेछ । पुस १५ गतेसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउनेछन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: