×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्री पौडेलद्वारा सैनामैनास्थितको चक्रपथको निरीक्षण, भौतिक प्रगति ४८ प्रतिशत !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलवार

PRIME CA
laxmi sunrise bank

अर्थमन्त्री पौडेलद्वारा सैनामैनास्थितको चक्रपथको निरीक्षण, भौतिक प्रगति ४८ प्रतिशत !

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीको सैनामैना नगरपालिकामा निर्माणाधीन चक्रपथको आज निरीक्षण गर्नुभएको छ । उहाँका साथमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीको समेत सहभागी हुुनुहुन्थ्यो । नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले चक्रपथ निर्माणको पछिल्लो अवस्था बारेमा जानकारी दिनुभएको थियो । 
सो अवसरमा अर्थमन्त्री पौडेलले सैनामैनाको शहरीकरणका लागि आवश्यक बजेटको व्यवस्था सङ्घीय र प्रदेश सरकारबीच छलफल गरेर टुङ्गो लगाइने जानकारी दिनुभयो । उहाँले बजेटका विषयमा चिन्ता नगर्न आग्रह गर्दै तोकिएको समयमा सडक आयोजनाको काम पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । मन्त्री पौडेलले चक्रपथमा रहेका स्थानीयवासीसँग छलफल गर्दै सडकको कामलाई गुणस्तरीय बनाउन स्थानीयवासीको जागरुकता आवश्यक भएको बताउनुभयो । 
कूल रु ५७ करोड १२ लाखको लागतमा निर्माण हुन लागेको सडकको भौतिक प्रगति ४८ प्रतिशत भएको छ । नगरपालिका– ११ मा पर्ने क्षेत्रको चक्रपथको दुई किलोमिटर सडक कालोपत्र भएको छ । सो सडकको १६.५ किलोमिटर ग्राभेलको काम सकिएको र करिब १३० कल्भर्ट र आठ पुल निर्माण हुने छ । विसं २०७४ जेठ १७ गते चक्रपथको ठेक्का सम्झौता भएको थियो । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: