×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्ड-नेपाल समूहका सांसदहरुको आयो यस्तो प्रतिक्रिया (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

प्रचण्ड-नेपाल समूहका सांसदहरुको आयो यस्तो प्रतिक्रिया (भिडियो रिपोर्ट)

९ पुष २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका विघटित प्रतिनिधि सभाका सांसदहरुले प्रतिनिधी सभा विघटन नभएको र आफुहरुले सांसदको रुपमा काम गरिरहेको प्रतिक्रिया दिएका छन् । 
बुधबार बानेश्वरस्थित संसद भवनमा प्रचण्ड–माधव समुहको सांसदहरुको भेलामा सहभागि भएका सांसदहरुले प्रतिनिधी सभाको विघटन नभएको र आफुहरुले सांसदको रुपमा काम गरिरहेको प्रतिक्रिया दिएका हुन् । प्रतिनिधि सभा सदस्य हरिबोल गजुरेलले प्रतिनिधि सभा विघटनको अधिकार प्रधानमन्त्रीसँग नभएको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र अन्य कुनैपनि राजनीतिक दलसँग छलफल नभएको र राष्ट्रपतिले पनि संसद विघटनको प्रस्तावको सम्बन्धमा राजनीतिक परामर्श नगरेकोले संसद विघटन प्रक्रियागत हिसाबले कतैपनि नमिलेको विघटित प्रतिनिधि सभाका सांसद हरिबोल गजुरेलले बताउनुभयो ।
विघटित प्रतिनिधि सभाका सदस्य (सांसद) जीवनराम श्रेष्ठले संविधानमा संसद विघटनको कुनै बाटो नभएको भन्दै विघटन नभएको जिकिर गर्नुभयो । सरकारको प्रतिनिधि सभा बिघटनको निर्णय गलत र प्रतिगामी भएको भन्दै श्रेष्ठले जनताले चुनेर पठाएको संसद जिवित रहेको प्रतिक्रिया दिनुभयो । उहाँले आफुहरुले सांसदको रुपमा काम पनि गरिरहेको पनि बताउनुभयो ।
राष्ट्रिय सभा सदस्य गोपी आछामीले संवैधानिक, कानुनी हिसाबमा प्रतिनिधि सभा विघटन नभएको बताउनुभयो । प्रतिनिधि सभा विघटनको कदम असंवैधानिक भन्दै यसलाई खारेज गर्न आफुहरुले प्रतिबद्धता जायर गरेको उहाँको भनाई छ । उहाँले राष्ट्रिय सभा बैठक बोलाएर यस कदमको विरुद्धमा लाग्न जनतालाई अपिल गर्नुपर्ने पनि बताउनुभयो । नेकपाका सांसदहरु प्रधानमन्त्री ओलीको संसद विघटनको कदम असंवैधानिक भन्दै सर्वोच्च अदालत गइसकेको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: