×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संसद विघटनकोविरुद्धमा आन्दोलन गर्ने प्रचण्ड र नेपाल समूहको घोषणा (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

संसद विघटनकोविरुद्धमा आन्दोलन गर्ने प्रचण्ड र नेपाल समूहको घोषणा (भिडियो रिपोर्ट)

१० पुष २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकले संसद विघटनको विरुद्धमा आन्दोलन घोषणा गरेको छ । पौष ७ गतेदेखि जारी केन्द्रीय कमिटी बैठक बिहीबार समापन गर्दै संघर्षको कार्यक्रम घोषणा गरेको हो । बैठकले पार्टी संगठन र पार्टी एकतालाई कमजोर पार्न खोज्ने सबै प्रकारका प्रवृतिका विरुद्ध र संसद विघटनको विरुद्ध संघर्ष गर्ने उद्घोष गरेको हो । त्यसका लागि पहिलो चरणको संघर्षका कार्यक्रम घोषणा गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । 
बैठकले पौष १० गते बिहान साढे नौ बजे सबै केन्द्रीय सदस्य, सासंदहरू लगायतका नेताहरुको उपस्थितिमा विशेष कार्यक्रम सञ्चालन गर्ने, सोही दिन दिउँसो २ बजे अध्यक्षद्धयको तर्फबाट पत्रकार सम्मेलन गर्ने, पुष ११ गते प्रदेश कार्यालयको संयोजनात्मक छलफल हुने र एक हप्ताभित्र प्रदेश समितिको बैठक सम्पन्न गर्ने निर्णय गरेको छ । यस्तै पुष १२ गते ७७ जिल्लाहरूमा बैठक सञ्चालन गर्ने तथा जिल्ला स्तरिय कार्यकर्ता भेला सम्पन्न गरी पार्टीलाई सशक्त बनाउदै एकताविरुद्धका भ्रमलाई चिर्ने र कसरी संघर्षका कार्यक्रम अघि बढाउने भन्ने सम्बन्धमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
बैठकले पुष १४ गते सम्पूर्ण जिल्लामा संसद विघटनको विरुद्धमा बिरोध प्रदर्शन गर्ने निर्णय पनि गरेको छ । पुष १४ गतेसम्ममा सबै जनवर्गिय संगठनहरुको केन्द्रीय बैठक तथा भेलाको आयोजना गर्ने, पुष २० गतेभित्र नगरपालिका र गाउँपालिका स्तरमा बैठक, भेला गर्ने र पुष २५ गतेभित्र सबै वडाहरूमा बैठक आयोजना गर्ने पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो । संघर्षको कार्यक्रमलाई व्यवस्थित बनाउन प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५ सय एक सदस्यीय केन्द्रीय संघर्ष समिती र उक्त समितिको सचिवालय पनि गठन गरेको छ ।
बैठकले स्थायी कमिटी सदस्यहरु तथा प्रदेश कमिटीका पदाधिकारीहरुलाई पार्टीको संघर्षको कार्यक्रममा सम्बन्धित प्रदेशमा जुट्न पनि निर्देशन दिएको छ । केन्द्रीय कमिटी, केन्द्रीय निकाय, जिल्ला कमिटी र संगठनको कार्ययोजना र कार्य विभाजनको सम्बन्धमा स्थायी कमिटीले निर्णय लिनसक्ने अधिकार दिएको छ ।
बैठकमा बोल्दै नेकपाका अध्यक्ष माधवकुमार नेपालले पार्टीका विरुद्ध भएका सबै प्रकारका षडयन्त्रलाई असफल पारेर पार्टीलाई एकताबद्ध, सुदृढ र क्रान्तिकारी दिशातिर अगाडी बढाउन सफल हुने विश्वास व्यक्त गर्नुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । त्यस्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ऐतिहासिक राजनीतिक परिवर्तनको रक्षा, संविधानको रक्षा, लोकतन्त्रको रक्षा र सुदृढ गरी देशलाई समृद्ध नेपाल बनाएर समाजवादको दिशा तर्फ अघि बढाउन संकल्प गर्दै संघर्ष गर्न तयार हुनुपर्ने आवश्यकता औँल्याउनुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । अध्यक्ष प्रचण्डले संर्घषमा दृढतापूर्वक र एकताबद्ध भएर लाग्न पार्टी नेता तथा कार्यकतालाई अपिल समेत गर्नुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो पहिलो चरणको संघर्षको कार्यक्रम सकिएपछि अझै सशक्त र प्रभावकारी संर्घषका कार्यक्रम तय गर्ने प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटीको निर्णय छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: