×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकको ४० लाख इकाई ऋणपत्रमा आवेदन दिने म्याद थपियो, अब कहिलेसम्म पाइन्छ भर्न ? (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

सानिमा बैंकको ४० लाख इकाई ऋणपत्रमा आवेदन दिने म्याद थपियो, अब कहिलेसम्म पाइन्छ भर्न ? (विवरणसहित)

६ पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सानिमा बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थपिएको छ । बैंकको ४० लाख इकाई ऋणपत्र भर्ने म्याद पुस १५ गतेसम्मका लागि लम्बिएको हो । बैंकले पुस १ गतेदेखि छिटोमा पुस ५ गतेसम्म र ढिलोमा पुस १५ गतेसम्म ऋणपत्र भर्न सकिने व्यवस्था गरेको थियो । 
तर पुस ५ गतेसम्म सबै ऋणपत्र नबिकेपछि विवरणपत्रमा गरिएको व्यवस्था बमोजिम नै म्याद लम्बिएको हो । बैंकले कुल ४० लाख इकाईमध्ये २४ लाख इकाई ऋणपत्र आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बाँकी १६ लाख इकाई सर्वसाधारणका लागि खुला भएको हो । यसबाट सामूहिक लगानी कोषलाई ५% अर्थात् ८० हजार इकाई छुट्याएको छ । सर्वसाधारणले बाँकी १५ लाख २० हजार इकाईका लागि आवेदन दिन सक्नेछन् । यस ऋणपत्रमा वार्षिक ८.५०% ब्याजदर पाइनेछ ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न लागेको हो । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १६ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले १० वर्ष अवधिको ‘८.५०% सानिमा डिबेन्चर २०८७’ नाममा ऋणपत्र जारी गरेको हो । बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने ‘इक्रा एनपी एलएट’ रेटिङ दिएको छ । पुस ५ गतेसम्म प्रयाप्त आवेदन नपरेमा पुस १५ गतेसम्म भर्न सकिने बैंकले जनाएको छ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: