
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सानिमा बैंकले पुस १ गतेबाट ऋणपत्र बिक्रीमा ल्याउने भएको छ । बैंकले ४० लाख इकाई ऋणपत्र बिक्रीमा ल्याउन लागेको हो । जसमा २४ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १६ लाख युनिट सर्वसाधारणका लागि खुला हुनेछ भने सामूहिक लगानी कोषलाई ५% छुट्याएको छ । सामूहिक लागानी कोषहरुले कुल ८० हजार इकाई पाउनेछन् । सर्वसाधारणले बाँकी १५ लाख २० हजार युनिटका लागि आवेदन दिन सक्नेछन् ।
बैंकले सो ऋणपत्रमा वार्षिक ८.५०% ब्याजदर दिनेछ भने प्रतिइकाई १ हजार रुपैयाँका दरले आवेदन दिनुपर्नेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम १६ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले १० वर्ष अवधिको ‘८.५०% सानिमा डिबेन्चर २०८७’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ । यो ऋणपत्रमा छिटोमा पुस ५ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा बिक्री नभएमा भने पुस १५ गतेसम्म भर्न सकिनेछ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्