×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीमा सञ्जीवबहादुर कोइराला विजयी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीमा सञ्जीवबहादुर कोइराला विजयी

Artha Sarokar

१२ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कास्की । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा सञ्जीवबहादुर कोइराला निर्वाचित हुनुभएको छ । शनिबार राति सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी हरिओम शर्मा लामिछानेलाई पराजित गर्दै कोइराला दोस्रोपटक महासङ्घको प्रदेश अध्यक्षमा विजयी हुनुभएको हो ।
असी मतभार रहेकामा पोखरा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्षसमेत रहनुभएका कोइरालाले ५४ र शर्माले २६ प्रतिशत मतभार प्राप्त गर्नुभयो । अध्यक्षबाहेक अन्य पदमा भने सर्वसम्मत भएको छ । जिल्ला नगरतर्फको उपाध्यक्षमा ओमप्रसाद पौडेल सर्वसम्मत निर्वाचित हुनुभयो । एशोसिएटतर्फ उपाध्यक्षमा मोतीप्रसाद पौडेल र कोषाध्यक्षमा श्रवणकुमार जोशी सर्वसम्मत निर्वाचित हुनुभएको छ । 
यसैगरी सदस्यमा धर्म बस्याल, मङ्गलप्रसाद श्रेष्ठ, लीलाबहादुर अधिकारी, युवराज राजभण्डारी र उत्तमकुमार कर्माचार्य र एशोसिएट सदस्यमा सूर्य भुजेल चयन हुनुभयो । निर्वाचित अध्यक्ष कोइरालाले उद्योगी व्यवसायीको हकहित र अधिकारका लागि आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी