×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सर्लाहीमा भीषण आगलागी, कति भयो क्षति ?

GLOBAL IME BANK

सर्लाहीमा भीषण आगलागी, कति भयो क्षति ?

२३ मंसिर २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकामा गए राति विद्युत्को तार सर्ट भई आगलगी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ । विष्णु–२ पकडीगोठ बस्ने योगेन्द्रप्रसाद साहको काठले बनेको दुईतले घरमा गए राति करिब ११ बजेको समयमा आगलगी हुँदा उक्त क्षति भएको सर्लाही प्रहरीले जनाएको छ । 
आगलगीबाट घरमा भएको लताकपडा, अन्नपात र घर बनाउने सेन्ट्रीको सामानलगायतका सामान जलेर रु १२ लाख बराबरको क्षति भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: