
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आईसीटी अपरेसन म्यानुअल-२०२० लागु गरेको छ । धितोपत्र बजार तथा वस्तु विनियम बजारको विकास र विस्तारलाई व्यवस्थित एवं सुशासित बनाउन आजदेखि सेबोनले आईसीटी अपरेसन म्यानुअल-२०२० लागु गरेको हो । आन्तरिक सूचना तथा प्रविधि व्यवस्थापन कार्य थप प्रभावकारी हुने बोर्डले जनाएको छ । बोर्डको आर्थिक बर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा सूचना प्रविधि नीति लागू गर्ने उल्लेख भए अनुसार आवश्यक निर्देशिका तर्जुमा गरी सो म्यानुअल लागू गरिएको बताइएको छ ।
सेबोन आइसीटी म्यानुअलमा सूचना प्रबिधि सम्बन्धी संगठनात्मक व्यवस्था, तथ्यांक केन्द्र संचालन तथा व्यवस्थापन, सूचना प्रबिधि संजाल पूर्वाधारको व्यवस्था, सूचना प्रबिधि सम्बन्धी अनुसन्धान तथा विकास, बोर्डमा प्रयोगमा ल्याउने सूचना प्रबिधि उपकरणहरुको खरिद तथा विकास गर्दा आवश्यक प्राविधिक मूल्यांकन तथा हस्तान्तरण पूर्वको निरीक्षण तथा परीक्षण; हार्डवेयर, पावर तथा इन्जिनको स्तरीय एवम् प्रभावकारी व्यवस्था; सूचना, संचार तथा प्रविधिको दैनिक प्रयोगको व्यवस्थापन र सूचना, संचार तथा प्रबिधि म्बन्धी तालिम तथा सचेतना अभिवृद्घिलगायतका व्यवस्थाहरु समावेश गरिएको बोर्डले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्