×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा सामान्य करेक्सन, मंगलबार नेप्से ५.७५ अंकले घट्दा ६ अर्ब ६ करोडमाथिको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सेयर बजारमा सामान्य करेक्सन, मंगलबार नेप्से ५.७५ अंकले घट्दा ६ अर्ब ६ करोडमाथिको कारोबार

Artha Sarokar

३० मंसिर २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार घटेको छ । सोमबारको तुलनामा बजार ५.७५ अंकले घटेर २०६१.४१ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यस अवधिमा २०५ कम्पनीको ९७ लाख ५५ हजार ५४७ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ६ करोड ९३ लाखमाथिको कारोबार भएको छ । 
आज सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ५२ करोड ३८ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल पुनर्बीमा कम्पनी र नेपाल बैंक लिमिटेडको भएको छ । आज ३ समूहबाहेकका अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै उन्नति सहकार्य लघुवित्त, महुली सामुदायिक लघुवित्त र गुराँस लघुवित्तका लगानीकर्ताहरुले कमाएका छन् भने मल्टिपर्पस फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी