×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राताम्य भयो सेयर बजार ! सूचकसँगै कारोबार रकममासमेत गिरावट !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

राताम्य भयो सेयर बजार ! सूचकसँगै कारोबार रकममासमेत गिरावट !

१२ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ । बिहिबारको तुलनामा बजार ३९.९८ अंकले घटेर १९९८.६५ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यस अवधिमा २०४ कम्पनीको ७९ लाख ३६ हजार ४९७ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ४७ करोड ४१ लाखमाथिको कारोबार भएको छ । 
आज सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस बैंकको ६५ करोड ३८ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश नबिल बैंक र एनआइसी एसिया बैंकको भएको छ । आज सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले कमाएका छन् भने विशाल बजारका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: