
काठमाण्डौ । अर्थमन्त्री विष्णु पौडेलले ब्रोकर कमिसन घटाउन शुक्रबार निर्देशन दिएपछी आइतबार बजारमा पोजेटिभ सर्किट लाग्ने आशा धेरैमा थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि नेपालको सेयर बजार राताम्य भएको छ ।
ओलीको कदमपछी राजनीतिक अस्थिरता बढ्ने भन्दै बजारमा पहिरो गएको हो । प्रधानमन्त्री ओलीले आफुसँग हुँदै नभएको अधिकार प्रयोग गरेर संसद विघठन गर्ने सिफारिस गरेका हुन् । कानुन नै हेर्ने हो भनेपनि २०४७ सालको संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार दिएता पनि वर्तमान संविधानले बहुमत प्राप्त दलको प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार दिएको छैन ।
कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकेमा मिलिजुली सुरका गठन हुन नसकेमा वा कुनै पनि प्रधानमान्त्रीले संसदमा विश्वासको मत पाउन नसकेको अवस्थामा मात्र संसद विघटन गर्न पाइने संविधानको धारा ७६ (७) मा प्रावधान छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्