×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५.५७ अंकले बढेको नेप्से २०१२.८९ बिन्दुमा कायम, ४ अर्बबढीको कारोबार, नबिल बैंकको सेयरमा झुम्मिए लगानीकर्ता

PRIME CA

५.५७ अंकले बढेको नेप्से २०१२.८९ बिन्दुमा कायम, ४ अर्बबढीको कारोबार, नबिल बैंकको सेयरमा झुम्मिए लगानीकर्ता

१४ पुष २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि सेयर बजार बढेको छ । सोमबार तुलनामा बजार ५.५७ अंकले बढेर २०१२.८९ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यस अवधिमा २०९ कम्पनीको ८० लाख १ हजार ३१४ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ९ करोडमाथिको कारोबार भएको छ । 
आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस बैंकको ५३ करोडमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: शिबम सिमेन्ट र ग्लोबल आइएमई बैंकको भएको छ । आज ४ समूहबाहेक अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै नागरिक लगानी कोषका लगानीकर्ताहरुले कमाएका छन् भने मल्टिपर्पस फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: