
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको साधारणसभा पनि पुस २९ गते हुने भएको छ । सभा बैंकको केन्द्रीय कार्यालय कालिकानगर बुटवल रुपन्देहीमा बिहान ११ बजे हुनेछ । सभामा बैंकले १३% बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।
यस्तै साविकको पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई गाभ्नुपूर्वको सेयर संरचना परिवर्तन गरी संस्थापक समूहको ५१% र सर्वसाधारण समूहको ४९% हिस्सा बनाउने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा पनि रहेको छ । सभाका लागि बैंकले पुस १६ गतेबाट सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ । पुस १५ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न पाउनेछन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्