
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिद्धार्थ बैंकले नेपाल पर्वतारोहण संघलाई सामाजिक उत्तरदायित्व अन्तर्गत एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले मंसिर १८ गते बिहीबार काठमाडौंको नक्साल स्थित उक्त संघलाई सो मात्राको रकम सहयोग गरेको हो ।
सो रकम बैंकका तर्फबाट नायव प्रबन्धक र भ्याली रिर्सोसेस अपर्णा गिरीले नेपाल पर्वतारोहण संघका प्रमुख कार्यकारी अधिकृत कुल प्रसाद राईलाई हस्तान्तरण गरेका हुन् ।उक्त रकम नेपाल पर्वतारोहण संघले नेपाल पर्वतीय पर्यटन प्रवद्घनको कार्य क्षेत्रमा खटिदा आकस्मिक दुर्घटनामा परी निधन भएको आरोहीका बालबालिकालाई शैक्षिक छात्रवृत्ति प्रदान गर्नका लागि उपयोग गर्नेछ ।
विगत ४७ वर्ष देखि नेपालको पर्वतीय पर्यटन क्षेत्र विकासको सहयोग गर्ने कार्य गर्दै आइरहेको उक्त संघलाई बैंकले पुर्याएको सो रकम सहयोगबाट निधन भएका पर्वत आरोहीका २० जना बालबालिकाहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान हुने र बालबालिकाहरुको शिक्षामा केहि हदसम्म भए पनि उत्थान पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले शिक्षा, स्वास्थय, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पुर्वधार र सुरक्षा जस्ता क्षेत्र अन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने उद्देश्य बैंकको रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्