×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ इन्स्योरेन्सले नेपाल स्टारको टप ८ बिजेतासहित निर्णायकहरुको १ वर्षको दुर्घटना बीमा गर्ने

PRIME CA

सिद्धार्थ इन्स्योरेन्सले नेपाल स्टारको टप ८ बिजेतासहित निर्णायकहरुको १ वर्षको दुर्घटना बीमा गर्ने

९ पुष २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले नेपाल स्टारको उत्कृष्ट ८ मा पुग्न सफल ८ जना प्रतियोगी, नपाल स्टारका निर्णायकहरु एवं निर्देशकको १ वर्षको दुर्घटना बीमा प्रदान गर्ने भएको छ । सो सम्बन्धि सम्झौता पत्रमा सिद्धाथ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्री र कि एडभरटाजिङ सर्भिस प्रा.लि. का प्रबन्ध निर्देशक रबिन्द्र कुमार रिजाल ले एक कार्यक्रमका बीच हस्ताक्षर गरेको थियो ।
सम्झौता कार्यक्रममा कार्यक्रमका नेपाल स्टारका निर्णायक मण्डलका सदस्य वरिष्ठ संगीतकार आलोकश्री बरिष्ठ गायक राम कृष्ण ढकाल, बरिष्ठ गायिका अन्जु पन्त लगायत कम्पनीका वरिष्ठ पधादिकारी एवं नेपाल स्टारका उत्कृष्ट ८ मा प्रतिस्र्पधा गरिरहेका उम्मेद्वारहरुको उपस्थिति रहेको थियो । उत्कृष्ट ८ जनालाई जनही १५ लाख एवं निर्णायकहरु एवं निर्देशकको २५ लाख रकम बराबरको दुर्घटना बीमा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: