Skip to content
LAXMI SUNRISE BANK

सिद्धार्थ बैंकद्वारा ‘स्कोरकार्ड मोडल’ को सुरुवात, २४ घण्टा भित्रै कर्जा प्रदान गरिने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कर्जा स्वीकृती प्रक्रिया ‘स्कोरकार्ड मोडल’ को शुरुवात गरेको छ । बैंकले ग्राहकको वित्तीय तथा गैर वित्तीय सुचांकहरुको आधारमा उक्त माेडल शुरु गरेकाे हाे ।साना तथा मझौला व्यवसायीलाई छोटो समयमै सरल तथा सहज रुपमा कर्जा प्रदान गर्ने उद्देश्यका साथ बैंकले उक्त मोडलको शुरुवात गरेको हो ।
स्कोरकार्ड मोडल अन्तर्गत बैंकले एक करोड रुपैयाँसम्मको लघु, साना तथा मझौला कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेको २४ कार्य घण्टा भित्र स्वीकृत गरिने व्यवस्था मिलाएको छ । यो स्कोरकार्ड मोडल सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम बीचको सहकार्यमा देशको लघु, साना तथा मझौला उद्यमहरुको लागि सरल प्रक्रियामा कर्जा प्रधान गर्न र वित्तीय पहुँचमा वृद्धि गर्न सञ्चालन गरिएको हो ।
यस व्यवस्था अन्तर्गत कर्जाका लागि आवेदन दिन तथा थप जानकारीका लागि आफ्नो नजिकैको शाखा वा बैंकको ग्राहक सेवा केन्द्र, ०१(५९७००२० मा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK