
नामसारीका लागि कर्मचारी नभएकै कारण समस्या भएको बताइएको छ । मालपोत कार्यालयका प्रमुख सूर्यप्रसाद कोइरालाले नामसारी बाहेकका काममा हस्ताक्षर नगर्ने हुँदा अन्य कर्मचारीलाई कामको बोझ थपिएको लेखापढी व्यवसायीको भनाइ छ । विगतको दिनमा एक दिनमा सकिने कामसमेत अहिले तीन दिनसम्म लाग्ने गरेको छिण्डि ल्हमु शेर्पाले बताउनुभयो ।
यस्तै एक हप्ता अगाडि श्रीमान्को नामबाट जग्गा नामसारीको लागि कार्यालयमा निवेदन दिएको भए पनि अहिलेसम्म काम नभएको सेवाग्राही शारदा कटुवालले गुनासो गर्नुभयो । हाल मालपोत अधिकृत खुम्बु क्षेत्र गएपछि नामसारी सम्बन्धी काम ठप्प बनेको छ । कार्यालयमा सेवा प्रवाह गर्ने ठाउँदेखि नागरिक बडापत्रमासमेत ध्यान नदिँदा समस्या भएको लेखापढी व्यवसायी कुञ्जाङ शेर्पाले बताउनुभयो । कोरोनाको कारण देखाउँदै सेवाग्राहीलाई कार्यालयभित्र प्रवेश निशेध गरेपछि असहजिलो ढङ्गले सेवा लिनुपर्ने बाध्यता रहेको सेवाग्राही छिण्डिल्हमु शेर्पाले बताउनुभयो ।
सेवाग्राहीको अत्याधिक गुनासोपछि नेपाल लेखापढी कानून व्यवसायी जिल्ला समिति सोलुखुम्बुले शुक्रबार अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको भए पनि कर्मचारीको उपस्थिति नभएको समितिका अध्यक्ष आङजाङबु शेर्पाले बताउनुभयो । अध्यक्ष शेर्पाले मालपोत र नापी कार्यालयका कर्मचारीको व्यवहारले गर्दा सेवा ग्राहीले सास्ती खेप्नुपरेको बताउनुभयो । -रासस