×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समाचार प्रभाव : स्वदेश बैतडीको बदमासीमाथि दातृसंस्थाद्वारा अनुसन्धान सुरु, सुआहाराको घोटालामा हेड्क्वार्टरको चासो !

अर्थ सरोकार

प्रकाशित मिति : १४ पुष २०७७, मंगलवार

PRIME CA

समाचार प्रभाव : स्वदेश बैतडीको बदमासीमाथि दातृसंस्थाद्वारा अनुसन्धान सुरु, सुआहाराको घोटालामा हेड्क्वार्टरको चासो !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । बैतडीको पुर्चौडी नगरपालिकामा स्वदेश बैतडीले गरका बदमासीहरुको तथ्य अर्थ सरोकारले सार्वजनिक गरेसंगै सो संस्थामाथि दातृ संस्थाले चासो देखाउँदै अनुसन्धान सुरु गरेको छ । स्वदेश बैतडीद्वारा संचालित सुआहारा कार्यक्रम गर्भवती तथा हजार दिनका आमाको पोषण सुधारका लागि युसएआईडीको सहयोगमा सञ्चालन गरिएको कार्यक्रम हो । यो कार्यक्रम बैतडीमा लामो समयदेखि चल्दै आएको थियो ।
तर पछिल्लो समय उक्त क्षेत्रमा कार्यरत कर्मचारीले काम नै नगरी फर्जी विवरण पेश गर्दै तलब सुविधा दातृसंस्थाबाट लिएर ठुलो घोटाला गरिरहेका थिए । सो सुचना पाएलगत्तै अर्थ सरोकारको टिमले बैतडीको पुर्चौडी नगरपालिकामा रहेका गर्भवती तथा हजार दिनका आमाहरुलाई पनि सो बारे सोधेको थियो । उनीहरुबाट संस्थाको बदमासीको तथ्य खुलेको थियो । सोबारे समाचार अर्थ सरोकारले प्रकाशन, प्रशारण गरेपछी अन्तत: दातृसंस्थाको हेड्क्वार्टर हेलन केलर इन्टरनेशनले थप चास देखाउँदै अनुसन्धान सुरु गरेको छ ।
सुआहाराका नाममा स्वदेश बैतडीले गरेको घोटालाबारे विशेष सामाग्री तलको भिडियोमा :
सुआहाराका नाममा स्वदेश बैतडीले गरेको घोटालाको फ्लोअफ रिपोर्ट भिडियोमा :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: