×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेकपासँग ठ्याक्कै मिल्ने सनराइज बैंकको विवाद फेरि बल्झियो, सिइओ ओली शैलीमा, संचालकका गुटैगुट !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेकपासँग ठ्याक्कै मिल्ने सनराइज बैंकको विवाद फेरि बल्झियो, सिइओ ओली शैलीमा, संचालकका गुटैगुट !

Artha Sarokar

१४ पुष २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सनराइज बैंकको संचालक समितिमा पुन विवाद सिर्जना भएको छ । देशमा नेकपा भित्र विवाद भइरहेका बेला सनराइज बैंकमा पनि विवादै विवाद सिर्जना भएको हो । बैंकका संचालक बच्छराज तातेडका कारण बैंकको संचालक समितिमा भाँडभैलो सुरु भएको हो ।
बैंकमा भाँडभैलो सुरु भएसँगै संचालक समितिलाई राष्ट्र बैंकले छलफलका लागि बोलाएको छ । बोर्डमा विवाद देखिएकाले सोधपुछ गर्न बोलाएको नेपाल राष्ट्र बैंकका नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिए । 
गत साउनको ११ गते पनि बैंक संचालक समितिलाई राष्ट्र बैंककले बोलाएर सम्झाएर पठाएको थियो । यता बैंकका सीइओ जनक शर्मा पौड्याल भने प्रधानमन्त्री केपी शर्मा ओलीको शैलीमा देखिएका छन् भने संचालकहरुका गुटैगुट बनेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी