×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रात्रीकालिन व्यवसाय संचालन गर्न पाउनु पर्ने भन्दै ठमेलका व्यवसायी आन्दोलित, दिए यस्तो चेतावनी (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रात्रीकालिन व्यवसाय संचालन गर्न पाउनु पर्ने भन्दै ठमेलका व्यवसायी आन्दोलित, दिए यस्तो चेतावनी (भिडियो)

Artha Sarokar

१८ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । ठमेल क्षेत्रमा रात्रीकालिन व्यवसाय गर्दै आएका व्यवसायीहरुले व्यवसाय सूचारु गर्न पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका छन् । कोभिड संक्रमणको जोखिमका कारण आठ महिना देखि व्यवसाय बन्द हुँदा आर्थिक रुपमा समस्या परेको भन्दै व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग राखेका हुन् । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले अबपनि व्यवसाय सूचारु गर्न नपाए रोगले भन्दा भोकले मर्नुपर्ने स्थिति आउने बताउनुभयो ।  
ठमेलको रात्रीकालिन व्यवसाय पूर्ण रुपमा खुल्ला गर्न व्यवसायीहरुले माग गरेका छन् । सबै आधिकारीक निकायमा ज्ञापन पत्र बुझाउँदा समेत सुनुवाई नभएकाले विरोध प्रदर्शनमा आउन बाध्य भएको पनि व्यवसायीहरुको भनाई छ । अध्यक्ष राणाले सीसीएमसीबाट निर्णय नभएसम्म आन्दोलनलाई जारी राख्ने बताउनुभयो । 
रात्रीकालिन व्यवसायीहरुले विभिन्न नारा लेखिएका व्यानर लिएर सडक छेउमा उभिएर प्रदर्शन गरेका हुन् । ‘काम छैन दाम छैन’, ‘जनता कोरोनाले होइन लापरवाहीले मर्दैछन’, ‘पहिलाकै अवस्थामा व्यवसाय खोल्न देउ’, ‘यत्रो महिना बन्द गराएर कर र भाडा कसरी तिर्ने’, ‘सरकार व्यवसाय खोलौं की आत्महत्या गरौं’, ‘रोग भन्दा भोक ठूलो’ लेखिएका ब्यानर लिएर व्यवसायीहरु सडक छेउमा उभिएका थिए । –  हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी