×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विजय लघुवित्त वित्तीय संस्थाको साधारणसभा कहिले हुँदैछ ?

PRIME CA

विजय लघुवित्त वित्तीय संस्थाको साधारणसभा कहिले हुँदैछ ?

९ पुष २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने एजेन्डासहित पुस २९ गते वार्षिक साधारणसभा बोलाएको छ । संस्थाले सेयरधनीलाई १९% बोनस सेयर र कर तिर्न १% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने एजेन्डासहित विजय विकास स्रोत केन्द्र गैंडाकोटमा बिहान ९ बजे साधारणसभा बोलाएको हो । 
सभा भर्चुअल माध्यमबाट हुने पनि संस्थाले जनाएको छ । यस्तै अन्य वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । आर्थिक वर्ष २०७६–७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । संस्थाले सभा का लागि पुस १७ गतेदेखि २९ गतेसम्म बुक क्लोज हुनेछ । पुस १६ गतेसम्म कायम रहने सेयरधनी सो लाभांश पाउनेछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: