×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सिर्जनात्मक कला र साहित्यले नेपालको धार्मिक, सामाजिक र भौगोलिक एकतालाई प्रतिनिधित्व गर्छ’ : मन्त्री भट्टराई (भिडियो)

PRIME CA
GLOBAL IME BANK

‘सिर्जनात्मक कला र साहित्यले नेपालको धार्मिक, सामाजिक र भौगोलिक एकतालाई प्रतिनिधित्व गर्छ’ : मन्त्री भट्टराई (भिडियो)

२९ मंसिर २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सिर्जनात्मक कला र साहित्यले नेपालको धार्मिक, सामाजिक र भौगोलिक एकतालाई प्रतिनिधित्व गर्ने बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६३औं वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव–२०७७ को अवसरमा सोमाबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पर्यटन मन्त्री भट्टराईले साहित्य र कलाको माध्यमबाट देशको एकतालाई प्रतिनिधित्व गर्न सकिने बताउनुभएको हो । 
साहित्य र कलाको माध्यमबाट देशमा जातिय सद्भाव, धार्मिक सहिष्णुता र भौगोलिक एकता कायम राख्न सकिने उहाँको भनाई छ । मान्छेमा हुने आलोचनात्मक चेतलाई सम्मान गर्नपर्ने तर त्यस्ता आलोचनात्मक चेत सिर्जनात्मक, समृद्धि र राष्ट्रिय एकताको लागि हुनुपर्ने पनि उहाँले बताउनुभयो । यस्ता विषयहरुलाई साहित्यको विधामार्फत ल्याएर समाजलाई अगाडि बढाउन सकिने मन्त्री भट्टराईले बताउनुभयो । 
प्राज्ञिक कविहरुले समाजका अग्रगामी विषयहरुलाई कलमको माध्यमबाट उजागर गर्न अझबढी भूमिका खेल्नुपर्ने पनि मन्त्री भट्टराईले बताउनुभयो । प्राज्ञिक व्यक्तिहरुले नै समाजलाई सही मार्गदर्शन दिन सक्ने भएकाले देशको एकता झल्काउने विषयमा कलम चलाउन सुझाव समेत दिनुभयो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: