- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कोरोनाका कारण बन्द भएको ललितपुरकाे जाउलाखेलस्थित सदर चिडियाखाना भोलि (बिहीबार) बाट खुल्ने भएको छ। कोरोना भाइरसको संक्रमणका कारण गत चैत्र महिनादेखि बन्द भएको चिडियाखाना भोलिबाट खुल्ने भएको हो ।
प्रमुख डा. चिरञ्जीविप्रसाद पोख्रेलका अनुसार कोरोना महामारीका कारण ९ महिनादेखि बन्द रहेको चिडियाखाना सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गराउने गरी खुल्न लागेको हो । चिडियाखाना हेर्न जानेले अनिवार्य रूपमा मास्क लगाउने र भौतिक दूरी कायम गर्नुपर्नेछ । यस्तै एक पटकमा ८ सय जनासम्मलाई प्रवेश दिइने र साढे दुई घण्टाभन्दा बढी समय रहन नपाउने नियम बनाइएको छ।