×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हालसम्मकै ठूलो परिणामको लागूऔषध खैरो हिरोईन कारोबार गर्ने गिरोह प्रहरीको फन्दामा (भिडियो रिपोर्ट)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार

PRIME CA
laxmi sunrise bank

हालसम्मकै ठूलो परिणामको लागूऔषध खैरो हिरोईन कारोबार गर्ने गिरोह प्रहरीको फन्दामा (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । काठमाडौं उपत्यकाभित्र लागु औषध,खैरो हिरोईनको कारोबार गर्ने जालो प्रहरीको फन्दामा परेको छ । लागु औषध नियन्त्रण व्यूरोले काठमाडौं उपत्यकाभित्र लागु औषध खैरो हिरोईनको कारोबार गर्ने जालोलाई पक्राउ गरेको हो । लागु औषध खैरो हिरोईनसहित ९ जना पक्राउ परेका हुन् । उनीहरुबाट ब्यूरोले ५ सय ३६ दशमलव पाँच ग्राम खैरो बरामद गरेको छ । यो परिमाण प्रहरिले बरामद गरेको हालसम्मै धेरै हो । 
ब्यूरोले उनीहरुको साथबाट ७ दशमलव ५ ग्राम एमफेटाइमन आइस ड्रग र लागु औषधी तौल गर्ने मेसिन पनि बरामद गरेको छ । यस्तै, ६ लाख ७१ हजार ५ सय रुपैयाँ नगद, ६ हजार १ सय अमेरिकन डलर र ३ थान सवारी साधन समेत बरामद गरेको छ । ब्यूरोका प्रमुख एसएसपी दिलिप कुमार चौधरीले विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको जानकारी दिदैं काठमाडौं उपत्यकाभित्र कारोबार गर्ने अन्य व्यक्तिहरुको समेत खोजि भइरहेको जानकारी दिनुभयो ।
लागु औषध नियन्त्रण व्यूरोले पक्राउ परेको नौ जनालाई नै बुधबार सार्वजनिक गरेको हो । ब्यूरोको अनुसार पक्राउ परेका व्यक्तिहरुले लागु औषध खैरो हिरोईन प्रति १ ग्राम ३ हजार देखि १० हजरसम्ममा बिक्रि वितरण गरेको अनुसन्धानमा देखिएको पनि जानकारी दिएको छ । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: